हारे पनि नेपाली खेलाडीको प्रतिस्पर्धा गर्ने क्षेमता बढेको छः अध्यक्ष ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष क्रिकेटमा नेपाली टोलीले भारतसँग हारे पनि खेलाडीको प्रतिस्पर्धा गर्ने क्षमता बढेको बताएका छन् ।

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष क्रिकेटमा भारतसँग नेपालले २३ रनले पराजित भएपछि अध्यक्ष ओलीले नेपाली खेलाडीको प्रतिस्पर्धा गर्ने क्षेमता बढेको बताएका हुन् ।

‘मात्र २३ रनको फरक । हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ । कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ । शुभ बिहानी ।’, भारतसँग हारेलगत्तै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement