एमालेमाथि घेराबन्दी बढ्दै !


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । बुधवार बसेका सचिवालय बैकठमा अध्यक्ष ओलीले मुलुकको राष्ट्रिय शक्ति एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दी भइरहेको उनको भनाइ छ । ‘एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् ।’, उनले भने ।

अध्यक्ष ओलीले एमालेलाई बलियो बनाएर राष्ट्रिय शक्ति निर्माण गर्नमा लाग्नुपर्ने बताए । ‘देशको राष्ट्रियताको रक्षा, मुलुकको समृद्धि, राजनीतिक स्थिरता र जनताको जीवनमा परिवर्तन ल्याउन सकिन्छ । राष्ट्रिय शक्ति कमजोर हुँदा यी सबै कुरा कमजोर भइरहेका छन् । एमालेमाथिको प्रहारलाई केबल एमालेमाथिको प्रहारको रुपमा मात्रै बुझ्नुहुन्न ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement