एमालेको संकल्प यात्रामा सक्रिय ओली


काठमाण्डु- नेकपा एमालेको मध्य पहाडी संकल्प यात्रा काभ्रे र सिन्धुपाल्चोकको सिमानना दोलालघाट पुगेको छ। बैतडीको झुलाघाटमा यात्रा शुभारम्भ गरेका एमाले अध्यक्ष केपी ओली पनि यात्रामा सँगै छन्।

उनले दैनिक हुने सभालाई सम्बोधन गर्नुका साथै विभिन्न गतिविधिमा पनि सहभागी भइरहेका छन्। यसैबीच अध्यक्ष ओलीले दैनिक हुने सभालाई सम्बोधन गर्नुका साथै विभिन्न गतिविधिमा पनि सहभागी भइरहेका छन्।

पछिल्लो समय ओलीले गरेका गतिविधिको सामाजिक सञ्जालमा खुबै चर्चा पनि हुने गरेको छ । जसअनुसार आज दोलालघाट पुगेका ओलीले माछा तारेर सहभागीलाई खुवाए।

‘इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट माछाको लागि प्रख्यात छ । यहाँको व्यापार व्यवसायबारे थोरै कुराकानी भयो । माछा खान आउनेहरू यहाँ धेरै भेटिन्छन् । यात्राको क्रममा हामी दोलालघाट ओर्लियौं, मैले माछा तारेर साथीहरूलाई खुवाएँ’, ओलीले फेसबुकमा समेत दोलालघाटबारे लेखेका छन् ।

दोलालघाट माछाका लागि प्रख्यात ठाउँ हो। सुनकोशीको माछा खान धेरै मान्छे त्यहाँ पुग्छन्। माछा तारेर अध्यक्ष ओलीले दोलालघाटको पर्यटन प्रवर्द्धन गरेको भन्दै उद्घोषिकाले धन्यवाद ज्ञापन गरिन्।

संकल्प यात्रा आज काभ्रेको धुलिखेलबाट सुरू भई सिन्धुपाल्चोक, दोलखा हुँदै राति रामेछाप सदरमुकाम मन्थली पुग्ने कार्यक्रम छ। एमालेले मध्य पहाडी राजमार्ग अन्तर्गतका २६ वटा जिल्लाको करिब १ हजार ८ सय ७९ किलोमिटर यात्रा २१ दिनसम्म गर्दैछ।

यात्रामा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेताहरू सहभागी छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement