‘प्रहरीले गोली हानेर मान्छे मार्ने, दोष एमालेलाई लगाउने ’


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी हुललाई उत्तेजित बनाएर गोली हानेर मान्छे मारेको बताएका छन् ।

सोमवार मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्दोलन भइरहेको ठाउँमा मन्त्री किन जानुपर्यो ? भन्दै प्रश्न गरेका हुन् ।

‘हुल भड्किरहेको बेला मन्त्री झण्डा हल्लाएर जानुपर्ने कारण के थियो रु मन्त्री त्यहाँ भीडमा गाडी लिएर किन जानुपर्‍यो रु नगई नहुने के काम पर्‍यो ? हुलमा गएर वादविवाद गरेर मान्छे उक्साएर के गर्न खोजेको थियो ? थुप्रै प्रश्नहरू उब्जिएका छन् ।’, उनले भने ।

त्यस्तै अध्यक्ष ओलीले मन्त्रीले भीड भड्काउने, प्रहरीले गोली बारूद चलाउने अनि दोष एमालेलाई लगाउने काम भइरहेको बताए । ‘मन्त्री झण्डा हल्लाएर जान्छ, भीड भड्काउँछ । पुलिसले लाठी बर्साउँछ । गोली चलाइएको छ । गोलीले मात्रै हो र ? कुटी–कुटी मारिएको छ । अनि एमालेलाई दोष लगाइन्छ । एमाले के हेरेर बसेको ? यसोउसो गर्‍यो, दोष एमालेकै?’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement