बालुवाटार बैठकः राष्ट्रियसभा निर्वाचनमा मिलेर जान ओलीको प्रस्ताव


काठमाण्डु-  बालुवाटार बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान प्रस्ताव गरेका छन् ।

बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मिलेर जान एमाले अध्यक्ष ओलीले प्रस्ताव राखेको बताएका हुन् । तर, त्यस विषयमा कुनै सहमति नभएको उनले बताए ।

आजै बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई शुन्य नबनाउन एमाले नेताहरुले आग्रह गरेको सुनाएका थिए । चार दलको बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेर छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement