फिल्म ‘नमेटिने घाउ’ मा केपी ओली प्रधानमन्त्रीको ‘रोल’ खेल्दै


काठमाण्डु- फिल्म ‘नमेटिने घाउ’ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएका छन् । आइतवार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गरेर उक्त फिल्म निर्माणको घोषणा गरिएको हो ।

फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली समेत देखिने भएका छन् । उक्त फिल्ममा ओलीले ‘प्रधानमन्त्री’ को रोल निर्वाह गर्ने जनाइएको छ ।

ओली र शाही सहभागी उक्त फिल्मको शुभमुहूर्त कार्यक्रममा चर्चित कलाकारहरू धिरेन शाक्य र रमेश उप्रेतीसमेत देखिए। तेजाव पीडितहरूको कथामा आधारित यो फिल्ममा लगानी कलाकार रमित ढुंगानाले गरेका छन्। पर्साकी एसिडपीडित मुस्कान खातुनको जीवनीमा आधारित यो फिल्मको निर्देशन पनि उनै रमितले गर्दैछन्।

यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्काको पनि अभिनय रहनेछ। ओली प्रधानमन्त्री भएका बेला एसिड पीडितहरूको पक्षमा कडा कानुन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement