प्रचण्ड सरकार जुनसुकै बेला उथलपुथल हुनसक्छः अध्यक्ष ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जुनसुकै बेला उथलपुथल हुनसक्ने बताएका छन् ।

आइतवार एसिडपीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार धोकाबाट बनेको भएकाले कोशीमा झैँ जुनसुकै बेलामा उथलपुथल हुनसक्ने दाबी गरेका हुन् ।

त्यस्तै उनले प्रचण्ड नेतृत्वको सरकारले सहिद थप्ने निर्णय गरेकोप्रति आपत्ति जनाए । ‘सहिद थप्ने भनेको मान्छे मार्ने हो त्यो स्वीकार्य हुँदैन ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement