माधव नेपालको विद्रोहको प्रयासः झापाबाट काठमाण्डु आउनासाथ ओली सिंहदरबार किन पुगे?


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । झापाबाट काठमाण्डु आउनासाथ अध्यक्ष ओली सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् ।

सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भएको छलफललाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीले छलफल गरिरहेका बेला गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पनि पुगेका थिए । ओली प्रचण्डसँगको छलफलपछि लामिछानेले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।

एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकारमा दाबि गर्ने तयारी समेत गरेपछि अन्तिम समयमा एमालेले दीर्घ सोडारीलाई समर्थन गरेपछि सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement