दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न अध्यक्ष ओलीको निर्देशन


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई अध्यक्ष ओलीले सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका हुन् ।

शनिबार राति प्रमुख सचेतक सुरेन्द्र पाल पूर्वमुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमाले सकारात्मक नभएपछि शनिबारलाई समय सारिएको थियो । शनिबार पनि प्रदेश सभा बैठक बस्न नसकेर अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement