प्रचण्ड नेतृत्व सरकारका मन्त्रीको योग्यताबारे अध्यक्ष ओलीले उठाए प्रश्न


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरुको योग्यताबारे प्रश्न उठाएका छन् ।

आइतबार पार्टी निकट जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एमालेको विरोध गर्नेहरुलाई मन्त्री बनाएको टिप्पणी गरेका हुन् ।

एमाले विरोधी हुँ भन्नासाथ मन्त्री बन्ने योग्यता पुग्ने उनको भनाइ छ । ‘को–को मन्त्री हुन्, कस्ता मन्त्री हुन् ?, भवितव्यमा दुईटा सिट आयो, जान्नु तान्नु केही छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ ।’, अध्यक्ष ओलीले भने ।

हालका मन्त्रीलाई मात्र होइन, प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने ओलीले दाबी गरे । ‘प्रधानमन्त्रीलाई नै किन प्रधानमन्त्री भएको भन्ने हो भने देश बनाउन भन्न सक्दैनन् । आउँदै आउँदैन उनलाई ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement