लुम्बिनी प्रदेशको प्रथम अधिवेशनः सहमतिमार्फत नेतृत्व चयन गर्न ओलीको आग्रह


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमतिमार्फत नेतृत्व चयन गर्न आग्रह गरेका छन् । आइतबार बिहान बन्द सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सहमतिमार्फत नेतृतव चयन गर्न आग्रह गरेका हुन् ।

त्यस्तै उनले सहमतिमै नेतृत्व चयन गर्न पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याललाई जिम्मेवारी दिएका छन् । यदि सहमति नभएको खण्डमा भने चुनावमा जानुपर्ने उनको भनाइ छ ।

‘सबै अधिकार इन्चार्ज अर्यालजीलाई दिएको छु, यहाँको सबै आधिकारिक निर्णय उहाँले सुनाउनुहुन्छ, नमाने चुनावमा जाने अधिकार सबै प्रतिनिधिलाई छ।’, अध्यक्ष ओलीले भने ।

लुम्बिनी प्रदेशको प्रथम अधिवेशन अन्तर्गत अध्यक्षका लागि अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल आकांक्षी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement