बादललाई ओलीले माओवाद भनेको त आतंकवादजस्तै हो भनेपछि भांडियो दुई पार्टीको एकता


काठमाडौं–माओवादी केन्द्र र एमालेबीच फेरी बिवाद देखिएको छ । पार्टी एकता तत्कालन गर्ने निर्णय गरेका दुवै पार्टीले नेतृत्वको विवाद पनि टुंगाइसकेको अवस्थामा के कारणले एकता टुंगोमा पुग्न सकेन् भन्ने विषय अहिले सर्वत्र चांसोको विषय बनेको छ । माओवादीले एमालेसंग सरकारमा सहभागी हुनुअघि सबै विषय प्याकेजमा हल गर्नुपर्ने अडान राखेको छ ।

मंगलवार र वुधवार दुवै दलका अध्यक्षले एक्ला एक्लै बैठक बसेर पार्टी नेतृत्व र सरकारमा सहभागीताबारे टुंगो लगाएका थिए । त्यसपछि भएका सामुहिक छलफलमा समेत दुवै दलकोबीचमा सकरात्मक छलफल भएको थियो । तर, एमाले अध्यक्ष केपी ओली र वरिष्ट नेता माधव नेपालसहितका एमालेका नेताहरुले बहुदलिय जनवादलाई कुनै हालतमा छोड्न नसक्ने अडान राखेपछि माओवादी नेताहरु झस्केका छन् ।
माओवादी स्रोतले दिएको जानकारीअनुसार एमाले अध्यक्ष केपी ओलीले माओवादी र जनयुद्धको इतिहासलाई स्विकार गर्न नसक्ने अडान लिएपछि एकता प्रक्रियामा समस्या भएको हो ।

पार्टी एकता संयोजन समितीको बैठकमा माओवादी नेता रामबहादुर थापा बादलले विचार संश्लेषण गरेर जाने प्रस्ताव गरेका थिए । उनले बहुदलिय जनबाद र माओवाद दुवैलाई बहसमा लगरे जाऔ भन्ने प्रस्ताव गरेपछि एमाले अध्यक्ष ओलीले त्यसलाई ठाडैं अस्विकार गरेका थिए ।
माओवादीका एक प्रभावशाली नेताकाअनुसार ओलीले माओवाद राखेर जांदा अन्र्तराष्ट्रिय समुदायले अविस्वास गर्ने र त्यो भनेको आतंकवादजस्तै भएको भन्दै त्यसमा सहमत हुन नसक्ने बताएका थिए ।

‘माओवाद,जनयुद्ध र इतिहासको मुल्यांकनको सवालमा एमाले र एमाले अध्यक्ष ओली निकै गलत ढंगले प्रस्तुत हुनुभयो,यसमा सहमती नहुंदासम्म पार्टी एकता हुन सक्दैन ।’ माओवादीका एक उच्च नेताले काठमाडौंपाटीसंग भने ।

दुवै पार्टीबीच प्रधानमन्त्री र पार्टी अध्यक्ष पालैपालो चलाउने, ९९ सदस्यिय केन्द्रिय समिती बनाउने र पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमती भएको थियो । पद र संगठनात्मक संरचना सबै मिल्दा समेत विहिवार एमाले अध्यक्ष ओलीले एक्लै प्रधानमन्त्रीको समथ ग्रहण गर्नु र माओवादीबाट सरकारमा सहभागी नहनुलाई भने एकता प्रक्रियामा समस्या भएको अर्थमा बुझिएको छ ।

‘उहाले आफ्ना मन्त्रीहरुलाई मात्र सहभागी गरँएर एक्लै सरकारमा सहभागी हुनुले पनि उहामा दम्भ देखिएको बुझ्न सकिन्छ, यसले बाहिर राम्रो सन्देश पनि गएको छैन्,यदी उहाले माओवादी विना सरकार चलाउछु भन्ने ठान्नुभएको छ भने त्यो उहाको भुल हो ।’ ती नेताले काठमाडौंपाटीसंग भने ।

माओवादी केन्द्रले सरकारमा सहभागी नहुने तर,बाहिरबाट ओली सरकारलाई समर्थन गर्ने स्पष्ट पारिसकेको छ । वैचारीक मुद्दा र पार्टी एकता नहुंदासम्म सरकारमा सहभागी नहुने पुर्ववर्ती अडानलाई माओवादीले फेरी अघि सारेको छ ।

पार्टी एकता संयोजन समितिका सदस्य समेत रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता भएर मात्र माओवादी सरकारमा जाने बताए । उनकाअनुसार पार्टी एकताको विषयमा केही वैचारीक मतभेद भएपनि त्यसलाई मिलाएर छिट्टै दुई पार्टीबीच एकताको टुंगो लाग्नेछ ।

‘पार्टी एकताको सवालमा केही वैचारीक मतभेद देखिएका हुन,तर पुरै विग्रिएको भन्ने होईन, अव मिलाएर छिट्टै एकता गर्नुपर्छ, र एकता कुनै पनि हालतमा हुन्छ ।’ श्रेष्ठले भने ।

पार्टी एकताको विषयमा छलफल गर्न शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुंदैछ । वैठकमा प्रचण्डले पार्टी एकता र वैचारीक मुद्दाको विषयमा आफ्नो स्पष्ट धारणा राख्ने तयारी छ । माओवादीमा एमालेले जनयुद्ध स्विकार नगरे पार्टी एकता नगर्न नेतृत्वमाथी चर्को दबाव छ ।

वैचारिक राजनीतिक विषयमा महाधिवशेनसम्म छलफलमा लगेर टुंगो लगाउने यसअघिको पुर्व सहमतीलाई पालना गरेमात्र एकता प्रक्रिया अघि बढ्ने माओवादी नेताहरुले बताएका छन् । यदी त्यसमा सहमती नभए माओवादीले बहुलिय जनवादलाई नमान्ने स्पष्ट पारिसकेको छ । विहिवार पार्टी अध्यक्ष प्रचण्डले समेत आफु निकटका नेताहरुलाई त्यही विफ्री¨ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement