माओवादी र एमालेको एकता हुने दिन चिनिया राजदूतको सक्रियता बढ्यो


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ । एमाले र माओवादीबीच पार्टी एकता र सरकारमा सहभागीताबारे प्रधानमन्त्री निवासमा भेटवार्ता हुनुअघि चिनियां राजदूतले प्रधानमन्त्रीसंग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
उच्च स्रोतले दिएको जानकारीअनुसार राजदूत होङले प्रधानमन्त्रीलाई उनको निजी निवास बालकोट पुगेर भेटवार्ता गरेकी हुन ।

राजदूत होङसंगै चिनियां कम्युनिष्ट पार्टीका अन्र्तराष्ट्रिय विभागका उपमन्त्री समेत बालकोट पुगेका थिए । चिनिया राजदूतले एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि दोस्रो पटक भेट गरेकी हुन ।

वाम गठवन्धन निर्माणमा उत्तरी छिमेकी मुलुक चीनको संलग्नताबारे अड्कलबाजी भइरहेको बेला भएको चिनिया राजदूतको सक्रियता बढेको हो । चिनिया राजदूतसंगको भेटपछि प्रधानमन्त्री ओलीसहितको एकता संयोजन समितीको बैठक बालुवाटारमा चलिरहेको छ ।

चीनले नेपालको स्थायीत्व र विकासका लागी दुवै कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने धारणा राख्दै आएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई पार्टी एकतको लागी चिनिया राजनितिक नेतृत्वले समेत सुझाव दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement