वरिपरि सबै झापाली भएपछि प्रधानमन्त्री ओलीमाथी लाग्यो क्षेत्रियतावादीको आरोप


काठमाडौं – ष्ट्रव्यापी संगठन विस्तार भएको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेताको छवि बनाएर सबै जात, धर्म र भूगोलका जनता र कार्यकर्ताको अभिभावक भएको जति छनक दिन्छन्, त्यति नैं उनी क्षेत्रीयतावादी पनि छन् ।

मधेसकेन्द्रीत राजनीतिक दल राजपा र फोरमले ओलीलाई नश्लवादी राजनीतिक सोच भएको व्यक्ति भनेर कुनैवेला आलोचना गर्दथे । ओलीको वाहिरी कार्यशैली र जीवनशैली जति फराकिलो, उदार र पारदर्शी छ, त्यति नै उनको कार्यशैली नियन्त्रित, कृपावाद र क्षेत्रियतावादी छ । त्यसको ज्वलन्त उदाहरणको रुपमा झापा जिल्लाको निर्वाचन क्षेत्र नं.५ र त्यसमा पनि दमक र गौरादह नगरपालिकाका नेता कार्यकर्ता र शुभेच्छुकले बारम्बार अवसर पाउने गरेका छन् ।

तेह्रथुममा जन्मिएर पहिले झापाको शरणामति र पछि पृथ्वीनगर वसाईं सरेका ओली २०४८ सालदेखि दमक नगरपालिकामा बसाई सरेका थिए । धेरै जसो भक्तपुरको बालकोटको दुई वटा महलमा बस्नेत ओली गतबर्षदेखि भक्तपुरकै स्थायी वासिन्दा बनेका छन्, भोटर लिष्टमा आफ्नो नाम सूर्यविनायक नगरपालिकामा सारेर । झापाको क्षेत्र नम्वर ५ लाई राजनीतिक क्षेत्र बनाएका ओलीले आफू सत्तामा जाँदा वा नजाँदा समेत हरेक ठाउँमा यही क्षेत्रका कार्यकर्ता र शुभेच्छुकलाई मात्र बारम्बार अवसर दिने गरेका छन् । क्षेत्रीयताको भनक ओलीले सचिवालय र सरकारी नियुक्तिमा देखाइसकेका छन् ।

अग्नीप्रसाद खरेल
२०५० सालसम्म काठमाडौमा वकालती पेशा संहाल्दै आएका खरेलले अर्का कानुन व्यवसायी सुभाषचन्द्र नेम्वाङ्मार्फत राजनीतिको सिँढी चढेका हुन् । तीन दशकदेखि आफ्नो पुरानो घर गौरादह नफर्किएका खरेलले एक दशकयता ओलीको निगाहमा अवसरै अवसर पाएका छन् । केपी ओलीकै कृपाका कारण २०६३ सालमा पुनस्र्थापित प्रतिनिधिसभाको सदस्य बन्ने अवसर पाएका कानुन व्यवसायी खरेललाई ओलीले २०६३ सालमै अन्तरिम संविधानको मस्यौदा समितिमा बस्ने अवसर पाए ।

२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएका खरेल दोहोरिएर २०७० सालको संविधानसभामा मन्त्रिपरिषद्को सिफारिसमा सांसद हुन पाउने एमालेका एक मात्र भाग्यमानि नेता ठहरिए । उनै भाग्यमानी खरेल एमालेका सारा सांसदलाई उछिन्दै संसदीय दलको प्रमुख सचेतक भए । २०७२ सालमा केपी ओली नेतृत्वमा सरकार गठन हुनासाथ खरेल कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बन्न सफल भए ।

कसैलाई भने खातमाथि खात कसैलाई भने पुर्पुरोमा हात भने झैं एकै व्यक्तिलाई दोहोर्याएर समानुपातिकमा सांसद नबनाउने एमालेले निर्णय गरेपछि खरेल २०७२ सालको प्रदेश र प्रतिनिधिसभा कतै पनि प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेनन् । कसै गरी पनि सांसद बन्न अवसर नपाएका खरेललाई अन्तत ओलीको कृपाबाट प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्ता भइछाडे।

डा. युवराज खतिवडा
झापाको गौरादह नगरपालिका वार्ड नं. ९ बैगुनधुराका स्थायी वासिन्दा युवराज खतिवडा नेपाल राष्ट् बैंकको डिपुटी गभर्नर नहुँदै राष्ट्र बैंकको गभर्नर हुन पाउने अर्का भाग्यमानी हुन् । ओलीको निर्वाचन क्षेत्रका स्थायी वासिन्दा हुनुको नाताले खतिवडाले गभर्नरको पाँचबर्षे कार्यकाल समाप्त भए पनि निवृत्त भएर बस्नु परेन । ओलीको कृपाले उनी ओली नेतृत्ववको सरकारमा राष्ट्यि योजना आयोगको उपाध्यक्ष बन्ने अवसर पाए । उनलाई ओली प्रधानमन्त्रीमा नियुक्त भएको पर्सीपल्टै राष्ट्रिय सभाको सांसद बनाउन सिफारिस गरिएको थियो । तर सो निर्णय कार्यान्वयन नगर्न भने सर्वोच्चले आदेश दिइसकेको छ । खतिवडा अर्थमन्त्रीसम्मको यात्रा तय गर्ने भाग्यमानी हुन् ।

हिक्मत कार्की
झापाको गौरादह नगरपालिकाका स्थायी वासिन्दा कार्की एमाले अखिलको महासचिव हुँदै अध्यक्ष हुन पाउने एमालेका कार्यकर्ता हुन् । उनलाई प्रदेशसभाको सदस्यमा उम्मेदवार मात्र बनाइएन कि एक नम्वर प्रदेशको गृह मन्त्री समेत बनाइयो ।

युवराज दाहाल
दमकका स्थायी वासिन्दा दाहाल एमाले कार्यकर्ता होइनन् तर उनी कार्यकर्ताभन्दा कम पनि छैनन् । दमक नगरपालिकाको कार्यकारी अधिकृत भएर झण्डै डेढ दशकदेखि काम गर्दै आएका दाहाललाई नगरपालिकाबाट हटाउन दमकमा स्थानीय सबै राजनीतिक दलहरुले आन्दोलनसमेत गरेका थिए । उनै दाहाल यतिवेला प्रधानमन्त्री बनेका ओलीको निवास बालुवाटारको नीजि सचिवालयमा कार्यरत छन् ।

देवेन्द्र दाहाल
झापाको दमकका स्थायी वासिन्दा देवेन्द्र दाहाललाई केपी ओलीले २०५६ सालको उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनाए तर उनी पराजित भए ।
संसदीय निर्वाचनमा पराजित दाहाललाई ओलीले झापा जिल्ला कमिटी सचिवमा उठाए तर रविन कोइरालाले पराजित गरे । ओली२०७२ मा प्रधानमन्त्री हुँदा निजी सचिवालयमा अवसर पाएका दाहाललाई ओलीले हालै सरकारद्धारा गठित एक आयोगको सदस्य बनाएका छन ।

चेतन अधिकारी
ताप्लेजुडमा जन्मिएर झापाको गौरादह बसाईं सरेको अधिकारी पत्रकारितामार्फत ओली निकट भएर विश्वास जित्ने थोरै पत्रकारहरुमा गनिन्छन् । नेपाल पत्रकार महासंघको अध्यक्ष भइसकेका शिव गाउँले कुनैं अवसर नपाए पनि अधिकारीले ओली प्रधानमन्त्री हुँदा प्रेस विज्ञको अवसर पाएका थिए भने हालै प्रधानमन्त्रीमा नियुक्त भएपछि पुन सोही भूमिकामा निजी सचिवालयमा कार्यरत छन् ।

गोविन्द थापा
दमकका स्थायी वासिन्दा थापाको भूमिका ओली दमक जाँदा अघिपछि मोटरसाईकल ¥याली गर्ने नै हो । उनी पार्टीको खास भूमिकामा छैनन् तर यूवा दस्ता परिचालनमा उनको भूमिकाबाट ओली प्रभावित छन्, त्यसैले ओलीले उनलाई बन्न लागेको ग्रिन इण्डष्ट्यिल पार्क निर्माण समितिको अध्यक्ष नैं बनाई दिएका छन् ।थापा ओलीको सबैभन्दा नजिकको भित्रियाका रुपमा समेत चिनिन्छन् ।

विमला पौडेल राई
झापाको दमकमा आफन्त भएकै कारण ओलीसँग सम्वन्ध बनाएकी पौडेललाई ओलीले अघिल्लो सरकारको पालामा राष्ट्यिा योजना आयोगको सदस्य भएका थिए । उनै पौडेललाई ओलीले हालै प्रधानमन्त्री हुनासाथ राष्ट्यिसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका थिए ।

शीवमायाँ तुम्वाहाम्फे
तेह्रथुममा जन्मिएकी शिवमायाँ तुम्बाहाम्फे झापा गौरादहकी स्थायी वासिन्दा हुन् । उनलाई ओलीले सरकारले २०७३ सालमा राजदूतमा उनको नाम सिफारिस गरेको थियो तर उनको नाम पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फिर्ता लिएको थियो । उनै तुम्वाहाम्फे यो पटक भने प्रतिनिनिधिसभाको समानुपातिकतर्फ सांसद भएकी छन् ।

युवराज कार्की
झापा गौरादहका यूवराज कार्कीले भक्तपुरबाट संसदीय निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए । ओली नेतृत्वको सरकारले गत २०७२ सालमा कार्कीको नाम राजदूतमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement