माओवादीले ओली नेतृत्वको सरकारमा मन्त्री किन पठाएन? यस्तो भन्छन् महरा


काठमाडौं– वाम गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने भएपछि एमाले र माओवादीका नेता, कार्यकर्तामा खुसी छाएको थियो।

१० र २१ मंसिरमा सम्पन्न चुनावबाट बहुमत प्राप्त वाम गठबन्धनले स्थायी सरकार गठन गर्न लागेपछि विकासको अपेक्षा गरेका नागरिकमा पनि खुसीयाली छाएको थियो।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले पद्बाट राजीनामा घोषणा गरेसँगै ओली प्रधानमन्त्री बने। धरैको अपेक्षा थियो– ओलीको सपथग्रहणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन्। तर, उनी बिहान नै सिन्धुलीतिर लागेका थिए। त्यतिमात्र होइन ओलीले आफूसँगै लालबाबु पण्डित .(जनसंख्या तथा वातावरण) र थममाया थापा (महिला, बालबालिका र समाजकल्याणमन्त्री) मा सपथ गराए पनि माओवादीबाट प्रतिनिधित्व भएन।

एमालेले सरकारमा जानेहरुको सूची पठाउन अनुरोध गरेपनि पार्टी एकता र शक्ति बाँडफाडको अन्तिम टुंगो नलागेसम्म सरकारमा नजाने माओवादीले उत्तर दिएको थियो।

त्यसको पुष्टि माओवादी नेता कृष्णबहादुर महराले गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार बेलुका प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पत्रकारसँग प्रतिक्रिया दिँदै नेता महराले भने, ‘पार्टी एकता प्रक्रियाले ठोस रुप लिएसँगै सरकारमा जानेछौं।’

पार्टी एकता संयोजन समितिको बैठक निरन्तर बसी छलफल जारी नै भएको हुँदा निष्कर्ष निकालेपछि मात्र सरकारमा जाने उनले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement