ओली र प्रचण्ड दुबै सहअध्यक्ष


काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सकिएको छ । बैठकमा सहभागी माओवादीका केन्द्रीय कार्यालय सदस्य मणि थापाका अनुसार सरकारको नेतृत्व प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले आलोपालो गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

पहिलो पटक ओलीले साढे २ बर्ष प्रधानमन्त्री बन्नेछन भने दोस्रो चरणमा प्रचण्डले साढे २ बर्ष सरकारको नेतृत्व गर्ने निर्णय अनुमोदन गरेको छ । त्यस्तै ओली र प्रचण्ड दुबै जना सहअध्यक्ष बन्ने निर्णयलाई पनि माओवादीले अनुमोदन गरेको हो । थापाले भने ‘आजै एकता संयोजन समितिको बैठक बस्दैछ, उक्त बैठकले पार्टीको एकता घोषणा आजै पनि गर्नसक्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement