एमाले अध्यक्ष ओली आजै प्रधानमन्त्री बन्ने, ४ बजे सपथ ग्रहण


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजै प्रधानमन्त्री बन्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने निश्चित भएको छ ।

 

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शिर्ष नेताहरु विहिवार विहान राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश गर्न राष्ट्रपति कार्यालय पुगेका थिए ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको सपथ आजै ४ बजे गर्ने तयारी गरेको छ । ओलीसंगै एमालेका दुई जना मन्त्रीले सपथ लिने तयारी छ भने माओवादी केन्द्रको तर्फबाट सरकारमा सहभागी हुने आज सम्भावना न्युन छ ।

एमालेले प्रधानमन्त्रीको उम्मेदवार रहेका अध्यक्ष ओलीलाई संसदीय दलको नेता चयन गर्ने संसदीय दलको पहिलो बैठक बोलाएको छ । एमालेले विहिवार नै पार्टी कार्यालय धुम्बाराहीमा संसदिय दलको पहिलो बैठक बोलाएको हो । दलको बैठकले ओलीलाई संसदिय दलको नेता चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement