ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता, के भयो कुराकानी ?


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य छलफल भएको छ । बुधबार बिहान बालुवाटारमा अध्यक्षद्धयले करिब तीन घण्टा गोप्य छलफल गरेका हुन् ।

उनीहरुबीच पार्टी एकता प्रक्रियामा भएको असन्तुष्टि, सरकारको कामकारवाहिबारे छलफल भएको नेकपाका एक नेताले जानकारी दिए । सरकारको कामकारबाहिबारे आलोचना बढी भएपछि छलफल भएको थियो । ति नेताका अनुसार आज विहान करिब ३ घण्टा भएको गोप्य भेटमा बजेटबारे पनि छलफल भएको थियो ।

केहि दिनअघि नेकपाले जनवर्गीय संगठनको एकता घोषणा भएको थियो । उक्त घोषणापछि तत्कालिन नेकपा माओवादी केन्द्र र एमालेभित्र पनि विवाद सिर्जना भएको थियो ।

छलफलमा चाँडै नै सचिवालय बैठक बोलाउने विषयमा पनि कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement