माधव नेपाललाई प्रधानमन्त्री बनाउन ओली-प्रचण्ड सहमत होलान् ?

माधव नेपाललाई प्रधानमन्त्री बनाउन ओली-प्रचण्ड सहमत होलान् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ। मंगलवार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतका सम्बन्धमा छलफल भएको छ । नेकपा एसले माधव नेपाललाई प्रधानमन्त्री बनाउन लिखित सहमति नगरेसम्म विश्वासको मत दिन नसकिने अडान राखेको छ । त्यस्तै प्रदेश सरकारमा पनि भागबण्डा पाउनु पर्ने माधव नेपालको अडान छ ।

माधव नेपालले आफ्ना माग पूरा नभएसम्म विश्वासको मत दिन नसकिने अडान राखिरहेका बेला आज प्रचण्ड र ओलीले उनीसँग भेटवार्ता गरेका हुन् ।

बालुवाटारको छलफलपछि यसअघि चार दलबीच भएको ८ बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेको छ । यस्तै आज हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा एकीकृत समाजवादीले मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ। त्यस्तै नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।