ओली–प्रचण्डबीचको वार्तामा यस्तो भयो सहमति


काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मंगलबारको भेटवार्ता सकिएको छ।

ओली–प्रचण्डबीच बुधबार अपराह्न २ बजे पार्टी एकता संयोजन समितिको बैठक आह्वान गर्ने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको छ।

यसअघि पार्टी एकताको टुंगो लगाउने भन्दै ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा वार्ता भएको थियो।

ओली र प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष रहने, प्रधानमन्त्री आलोपालो गर्नै र एकतापछि पार्टीका नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने दुई अध्यक्षबीच सोमबार नै सहमति भएको बताएको छ

प्रतिक्रिया दिनुहोस
Advertisement