ओली–प्रचण्डबीच छलफल, बैठकको एजेन्डा तय


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ ।

पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंगो लगाउने विषयमा छलफल गर्ने भन्दै शुक्रबार दिउँसो दुई घन्टासम्म बसेकोे छलफलले भोलिदेखि सुरू हुने पार्टी सचिवालय बैठकको एजेन्डा तय गरेको छ ।

भोलिदेखि सुरू हुने सचिवालय बैठकले सबैभन्दा पहिले पार्टीको राजनीतिक प्रतिवेदन पारित गर्ने र त्यसपछि पार्टीको सांगठनिक एकता र कार्यविभाजन गर्न तयारी भइरहेको बालुवाटार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement