ओली प्रचण्डबीच जेन्टलमेन्ट सहमतिबारे छलफल भएको छैन्ः ईश्वर पोखरेल


बिराटनगर – कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकसेवा आयोगले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया संवैधानिक भएको बताएका छन् ।

सोमबार बिराटनगरमा पत्रकारसँगको कुराकानीमा बोल्दै प्रदेशस्तरमा लोकसेवा आयोग बन्ने संबैधानिक व्यवस्था भएको तर त्यो बनिसकेको अवस्था नभएको कारण तत्काल स्थानीय तह र प्रदेशमा कार्य सम्पादनका लागि कर्मचारी आवश्यक भएकाले समावेशी सिद्धान्त अनुसार भर्ना प्रक्रिया सुरु गरेको बताए ।

उनले फरक प्रसंगमा प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच भएको ५ बुँदे सहमति र आलोपालो गर्नेबारे पार्टीभित्र औपचारिक ढंगमा छलफल नभएको पनि बताए ।

शीर्ष नेताहरुवीचमा आधा–आधा कार्यकालका लागि जेन्टलमेन्ट सहमति भएको भए पनि सबै कुराको सीमा, मर्यादा र प्रकृया हुने र बाहिर आएको कुरा आफूहरुले ध्यानपूर्वक सुनेको बताउँदै उनले पार्टीको विचार ‘जनताको बहुदलीय जनवाद’ लाई नै छलफल गर्दै महाधिवेशनले औपचारिकता दिने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement