ओली–प्रचण्डबीच आज पनि ‘वान टू वान’ वार्ता, जुट्ला त सहमति ?


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता सुरु भएकाे छ ।

पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि केही समयदेखि ओली प्रचण्डबीच वान टू वान वार्ता हुँदै आइरहेको छ । आज पनि पुरानै विषयमा छलफल हुने प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

वार्ता ११ बजेपछि सुरु भएकाे छ । अध्यक्ष प्रचण्डले सुरुमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा थिए । तर प्रधानमन्त्री ओलीले भने आफुले कुनै पनि पद नछाड्ने अडान लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement