एमाले अध्यक्ष ओली र भारतीय राजदूतबीच भेटवार्ता


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भारतीय राजदूत मञ्जीव सिंह पुरी सिंहदरवार पुगेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलवार भारतिय राजदूत र ओलीबीच एक घण्टा भेटवार्ता भएको छ । भेटमा भारतिय राजदूत पुरीले नयां सरकार गठनबारे चासो व्यक्त गरेका थिए ।

भेटमा सहभागी एमाले नेता राजन भट्टराईकाअनुसार जवाफमा ओलीले सहमति जुटाउन दलहरूसंग छलफल चलिराखेको उल्लेख गर्दै निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई पठाएपछि नयां सरकारको प्रक्रिया सुरू हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement