प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथ

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथ


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।

ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए ।