ओलम्पिक छनोट : बंगलादेशविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल


काठमाडौँ – जापान ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको अन्तिम खेलमा नेपाललाई आज बंगलादेशविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।
सन् २०२० मा हुने टोकियो ओलम्पिक अन्तर्गत एसिया क्षेत्रको महिला छनोटमा समूहको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्नेछ ।

नेपालले दोस्रो चरणमा स्थान बनाउन बंगलादेशलाई भारी अन्तरले हराउनु पर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह २ः१५ बजे याङगोनस्थित थुनुवा स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यानमारसँग बराबरी खेल्दै दुई अंक जोडेको नेपालका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

दुई अंक जोडेको नेपाल समु सी को तेस्रो स्थानमा रहेको छ । त्यस्तै भारत र म्यानमारको समान चार-चार अंक रहेको छ । बंगलादेश अंक बिहिन हुँदै चौथो स्थानमा रहेको छ । नेपालले बंगलादेशविरुद्ध धेरै गोल अन्तरको जित निकाल्नु पर्ने दबाब रहेको छ । भारत र म्यानमारबीचको खेल पनि नेपाल अर्को चरणमा पुग्ने वा नपुग्ने त्यसमा भर पर्नेछ ।

उक्त खेलमा हार जित भएमा र बंगलादेशलाई हराएमा नेपाल उपविजेताले उपविजेताको रुपमा दोस्रो चरणको यात्रा तय गर्नेछ । दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ । जसबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ । नेपालको दुई खेलबाट दुई अंक रहेको छ । यता म्यानमारले पहिलो खेलमा बंगलादेशलाई पाँच शून्यले हराएको थियो भने नेपालसँग बराबरी खेलेको थियो ।

आज नेपाल बराबरीमा रोकिएमा उसलाई समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिमका आधारमा दोस्रो चरणमा स्थान बनाउने संभावना हुनेछ । नेपाल र बंगलादेश महिला फुटबलमा चिरप्रतिद्धन्द्धी टिम हुन् । महिला साफ फुटबलको पहिलो संस्करणदेखि एक अर्का्विरुद्ध भिडेका यी दुई टिमले अहिलेसम्म दुई पटक खेलका छन् र दुबै पटक नेपाल विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement