ओम मेगाश्री फर्मास्यूटिकल्सले फागुन अन्तिमदेखि आइपिओ निष्कासन गर्ने

ओम मेगाश्री फर्मास्यूटिकल्सले फागुन अन्तिमदेखि आइपिओ निष्कासन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

त्यस्तै, कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा चैत ३ गते हुनेछ भने ढिलोमा चैत १२ गते हुनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।