गुल्शन झाले लिए ओमानको दोस्रो विकेट


काठमाण्डु- विश्वकप छनोटको फाइनलमा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहरेको ओमानले दोस्रो विकेट गुमाएको छ।

अकिब इल्यास १९ बलमा तीन छक्का र दुई चौकासहित ३३ रन जोडेर आउट भए। १० औँ ओभरको चौथो बलमा उनी गुल्शन झाको बलमा आउट भएका हुन्। कश्यप प्रजापति ४७ रनमा खेल्दैछन्।

यो समाचार तयार पार्दासम्म ओमानले १० ओभरमा २ विकेट गुमाएर ९७ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement