ओमानका विदेशमन्त्री अल बुसैदी भोलि नेपाल आउने

ओमानका विदेशमन्त्री अल बुसैदी भोलि नेपाल आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी २ दिने भ्रमणका लागि भोलि नेपाल आउने भएका छन् ।

उनी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुनेछ ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यतालिका छ ।