एक लाख बढी क्वारेन्टाइन बेड


काठमाडौ –  सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर उच्च सतर्कतासाथ एक लाख ३० हजार क्वारेन्टाइन बेडको निर्माण लक्ष्यसहित कार्यलाई तीव्रता दिएको छ ।

सरकारले राजधानी काठमाडौँमा पाँच हजार क्वारेन्टाइनका लागि ठाउँको पहिचान र व्यवस्थापन कार्य अगाडि बढाएको छ । क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नगरकोटका होटल व्यवसायीसँग बुधबार बिहान भेट गरी क्वारेन्टाइनका लागि होटल उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

मन्त्री भट्टराईले व्यवसायीसँगको भेटघाटमा विश्व र मानव समाज नै गम्भीर सङ्कटबाट गुज्रिरहेको वर्तमान अवस्थाबाट मुक्तिका लागि सबैको सहकार्य, सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि नागरिकको अनुशासन प्रमुख भएको स्पष्ट पार्नुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement