अनलाइन र सामाजिक संजाल नियमन गर्ने सरकारको तयारी


काठमाडौं– सरकारले सामाजिक सञ्जाल र अनलाइनको नियमनका लागि छिटै कानुन जारी गर्ने भएको छ । राष्ट्रियसभामा आईतबार बोल्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सामाजिक संजाल र अनलाईनको नियमन गर्ने तयारी भएको खुलासा गरेका हुन उनले सामाजिक संजालकोल नियमन सकरात्मक नियतका साथ गर्न लागेको बताए ।

‘ पछिल्लो समय जथाभावी लेख्ने र व्यक्तिगत चरित्रमाथी आक्रमण गर्ने काम बढेको छ, राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलको नेता र समाजका प्रतिष्ठित व्यक्तिहरु विरुद्ध पनि जथाभावी लेख्ने काम भएको छ, अव सरकारले त्यसको नियमन गर्छ ।’ संचारमन्त्री बास्कोटाले भने ।

उनले कानुनभन्दा माथि कुनै पनि पेशा र व्यवसाय नहुने समेत स्पष्ट पारे । प्रेस स्वतन्त्रताका नाममा जे पनि लेख्ने अधिकार कसैलाई नभएको संचारमन्त्रीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement