सरकारी अस्पतालमा आज ओपीडी सेवा बन्द नगर्न मन्त्रालयले दियो निर्देशन

सरकारी अस्पतालमा आज ओपीडी सेवा बन्द नगर्न मन्त्रालयले दियो निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (शुक्रबार) देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

लगातार ३ दिन सार्वजनिक बिदा परेको भन्दै मन्त्रालयले आज सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा‍ समीरकुमार अधिकारीले बिहीबार सूचना निकाल्दै लगातार तीन दिन बिदा हुँदा सेवाग्राहीलाई असुविधा हुने देखिएपछि बैशाख १८ गते (आज) देशभरका सबै अस्पतालहरुमा ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गरेका छन् ।