अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो


काठमाडौं –  आज शुक्रबार प्राय सबै विदेशी मुद्राको भाउ घटेको छ । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ७९ पैसा र बिक्रीदर १११ रुपैयाँ ९५ पैसा तोकेको छ । हिजो खरिददर १११ रुपैयाँ १६ पैसा र बिक्रीदर १११ रुपैयाँ ७६ पैसा थियो ।

साउदी रियाल १ को खरिददर २८ रुपैयाँ ८० पैसा र बिक्रीदर २९ रुपैयाँ ३४ पैसा छ । हिजो बिहीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा थियो ।

यूएई १ दिर्हामको खरिददर २९ रुपैयाँ ३९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा छ । हिजो दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा थियो ।

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २६ रुपैयाँ ९ पैसा छ । बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५६ पैसा र बिक्रीदर २६ रुपैयाँ ७० पैसा थियो ।

यस्तै कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ १२ पैसा र बिक्रीदर २९६ रुपैयाँ १६ पैसा छ । हिजो १ दिनार १ को खरिददर २९४ रुपैयाँ ८६ पैसा र बिक्रीदर २९६ रुपैयाँ ४६ पैसा थियो ।

शुक्रबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement