शरीरमा अक्सिजनको कमी हुन नदिन फोक्सोलाई यसरी स्वस्थ राखौँ


काठमाण्डु – कोभिड–१९ ले संक्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । हाम्रो शरीरमा छातीभित्र दुईवटा फोक्सो हुन्छन् जसको काम हावा शरीरभित्र तान्ने, अक्सिजन भित्र लिने र अरू हावा बाहिर फाल्ने हो ।

जीवनको लागि नभई नहुने अक्सिजन शरीरभित्र पुर्‍याउने फोक्सो पनि नभई नहुने अंग हो । हाम्रो शरिरमा अक्सिजन पुर्याउने फोक्सोलाई स्वास्थ्य राख्न निकै जरुरी छ । जनस्वास्थ्य अधिकृत रमेश कुवँरले फोक्सोलाई स्वस्थ राख्ने १० वटा टिप्स दिएका छन् ।

१) सकेसम्म स्वच्छ हावा लिनेः
घर/अफिसमा बस्दा झ्याल, ढोका, भेन्टिलेटर खुल्ला राख्नु । स्वच्छ हावाको आवातजावत सन्तुलित गर्नु ।

२) पर्याप्त पानी पिउनेः
शरीरमा पर्याप्त पानीको मात्रा भएपछी फोक्सोलाई काम गर्न सहज हुन्छ । कफी, अल्कोहल र सोडियम धेरै भएका खानेकुरा नखानुहोला ।

३) आइरन र एन्टी अक्सिडेन्ट बढी भएको खाना लिनेः
हरियो सागपात, भटमास, अण्डा, रातो सिमि, गाजर, पालुन्ग्गो, सिमला खुर्सानी आदी खानु होला ।

४) शारीरिक रुपमा स्फुर्त रहनेः
घर वा आगनमै सामान्य शारीरिक कसरत, हिंडडुलले फोक्सोको अक्सिजन लिने क्षमता बढाई चिन्ता घटाउँछ ।

५) स्वासप्रश्वासको कसरत गर्ने (फोक्सोको):
स्वस्थ व्यक्तिको लागि Deep breathing exercise गर्दा प्रभावकारी हुन्छ । यसको लागि (क) आफुलाई सहज हुने आसनमा बस्ने (सम्भव भए कुर्सीमा) (ख) नाकबाट सकेसम्म धेरै हावा भित्र लिने (ग) फोक्सोमा एकछिन हावालाई होल्ड गरेर मनमनै ५ सम्म गिन्ती गर्ने (घ) नाकबाट बिस्तारै हावा छोड्ने ।

१ पटकमा कम्तिमा ४ चोटी यो विधि अपनाउनु पर्छ र दिनभरिमा कम्तिमा ४ पटक । अस्वस्थ व्यक्तिको लागि  बिस्तारै हावा भित्र लिने र नाकबाट फाल्ने प्रयास गर्ने ।

६) शान्त रहने प्रयास गर्नुसः
जब तपाई शान्त रहनुहुन्छ तब श्वासप्रश्वास प्रक्रिया सहज हुन्छ । सम्भव भएमा मेडीटेशन, योग, सकारात्मक सोच सम्बन्धी यु ट्युबमा भिडियो हरु हेर्नुहोला ।

७) धुम्रपानः
धुम्रपान नगर्ने । आफू सामु अरुलाई पनि गर्न नदिने ।

८) घरभित्रको हावा दुषित न्यूनीकरण गर्नेः
ग्यास चुल्हो, स्टोभ, बलिरहेको मैनबत्ती वा टुक्की, दाउरा बालिरहेको ठाउँबाट, ग्यास हिटर आदी धुवा निकाल्ने ठाउँबाट कम्तिमा ५ फिट टाढा बस्ने । दाउरा बालेर खाना पकाउने अवस्था र धुवा आवातजावतको अवस्था ठिक नभएमा खुल्ला ठाउँमा खाना बनाउने । मुख्य कुरा धुँवाबाट टाढा रहने ।

९) पेट्रोलियम आधारित क्रिम र मल्हमहरु अनुहार र छातीमा नलगाउने । जस्तै भेसलिन, मोईस्चराईजर आदी ।

१०) श्वास फेर्न कठिनाई वा छाती दुख्ने जस्ता लक्षण महशुस भएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्नु ।

प्रतिक्रिया दिनुहोस
Advertisement