बेइजिङबाट ९७५ सिलिन्डर र १३७ थान अक्सिजन कन्सर्नटेटर आइपुग्यो


काठमाण्डु – चीनबाट सिलिन्डर र अक्सिजन कन्सर्नटेटर ल्याइएको छ ।

नेपाल वायुसेवा निगमको जहाजले चीनको राजधानी बेइजिङबाट ९७५ थान सिलिन्डर र १३७ थान अक्सिजन कन्सर्नटेटर ल्याएको हो ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले हिजो र आज बेइजिङबाट ९७५ थान सिलिन्डर र १३७ थान अक्सिजन कन्सर्नटेटर ल्याइएको जानकारी दिए ।

उनले आज र भोली (मंगलबार) राती निगमको जहाजले विभिन्न देशबाट अक्सिजनलगायतका स्वास्थ्य सामाग्रीहरु ल्याउने जानकारी दिए । उनले हाल अक्सिजन जेनेरेटर र खोपको अभाव रहेकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement