‘पदमुक्त’ प्रधानन्यायाधीशबाटै राष्ट्रपति भण्डारीले लिईन सपथ


काठमाडौं– नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् ।
बुधबार दिउँसो अप्रत्याशित रूपमा न्यायापरिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश पदमा नरहेको सचिवस्तरीय निर्णय गरेका थिए।
सो निर्णयपछि निर्णयको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र संसदलाई मात्र पठाएनन् सञ्चार माध्यमलाई पनि उपलब्ध गराए। त्यो पत्र सार्वजनिक भएको केही समयपछि प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिलाई प्रधानमन्त्री तथा मुलुक र विदेशका विशिष्ट व्यक्तिहरुका सामु राष्ट्रपतिलाई सपथ ग्रहण गराएका छन् ।

पत्रमा न्याय परिषद्ले पराजुलीको परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट प्राप्त पत्रको आधारमा समेत निर्णय लिइएको उल्लेख छ ।

सचिव निरौलाले प्रधानन्यायाधीशको उमेर विवाद उमेर विवाद सम्बन्धि शैक्षिक प्रमाणपत्र तथा अन्य कागजात हेरेर आजै उनी पदमा नरहेको निर्णय गरेका हुन्। सचिव निरौलाले यो निर्णय गर्न मिल्ने हो वा होइन भन्ने प्रश्न खडा भएको छ । यदि सचिवस्तरीय निर्णयबाट प्रधान न्यायाधीश पदमुक्त भएका हुन् भने प्रधानन्यायाधीश पराजुली पदमुक्त भइसकेको अवस्थामा उनले कसरी राष्ट्रपतिलाई सपथ खवाए भन्ने प्रश्न समेत जन्मिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement