संसद सचिवालयको महासचिवमा पदम पाण्डेको नाम सिफारिस

संसद सचिवालयको महासचिवमा पदम पाण्डेको नाम सिफारिस


काठमाण्डु- संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस भएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

हालका महासचिव डा. भरतराज गौतमले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । गौतमले राष्ट्रपति समक्ष राजीनामा बुझाएपछि महासचिवमा पाण्डेलाई नियुक्तिका लागि सिफारिस गरिएको हो ।