काठमाण्डु– नेकपा एमालेले सरकारले सुनसरीमा भएको दंगा नियन्त्रण गर्न नसकेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार शान्ति सुरक्षा र दंगा नियन्त्रणमा भन्दा पनि आफैँ त्रास सिर्जना गर्नतिर लागेको आरोप लगाएकी हुन् ।
उनले विगतमा यो भन्दा ठुला घटना टीकापुर, गौर, वीरगन्जलगायतका ठाउँमा ठुला घटना भएको स्मरण गर्दै सरकारसँग सहकार्य र हातेमालो गर्दै सद्भाव कायम गराउन एमाले तयार रहेको बताइन् ।
देशमा दंगा भइरहँदा प्रधानमन्त्री गुमनाम बनेको र प्रधानमन्त्री पद सिंहदरबारमा सजाउन नबनाइएको भन्दै उनले भनिन् प्रधानमन्त्री पद सिंहदरबारमा सजाउन बनाइएको हैन, जनतालाई दुःख पर्दा,संकट पर्दा, जनताका सरोकारका विषयमा नेतृत्व गर्न देखिनुपर्छ । जनताका बीचमा देखिनुपर्छ । जनताको सुरक्षा र मुलुकलाई सुदृढ बनाउन सरकारलाई साथ सहयोग गर्न तयार छौँ । सरकार त्यो ढंगले प्रस्तुत होस् ।’




प्रतिक्रिया