व्यक्तिको नाममा दर्ता भएका २६४ विघा जग्गा सरकारको नाममा फिर्ता ल्याएँ : मन्त्री अर्याल


काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २८४ बिघा ५ कठ्ठा १५ धुर जग्गा नेपाल सरकारको नाममा ल्याउन सफल भएको बताएकी छन् ।

आफ्नो कार्यकालमा भएका उपलब्धी सार्वजनिक गर्दै मन्त्री अर्यालले १८ भदौ २०७५ मा मन्त्री बने यता विभिन्न कारणले व्यक्तिको नाममा पुगेको २८४ बिघा ५ कठ्ठा १५ धुर जग्गा सरकारको नाममा फिर्ता ल्याउन सफल भएको उनले जानकारी दिइन् ।

मन्त्री अर्यालले हदबन्दी भन्दा बढी रहेको १० हजार १९२ बिघा जग्गा रोक्का राखेको जानकारी दिइन् । मन्त्री अर्यालले सरकारी जग्गा संरक्षणका लागि छानबिन गर्न गठित सरकारी, सार्वजनिक, गुठी जग्गाको संरक्षणसम्बन्धी जाँचबुझ आयोले बुझाएको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको जानकारी दिइन् ।

मन्त्रालयले गुठी विधेयक लगायतलाई समेटेर एकीकृत भूमि ऐन ल्याउने तयारी गरेको बताउँदै गुठी विधेयकको सम्बन्धमा सरोकारवालासँग पटकपटक छलफल भइसकेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement