नेपालको नक्सा जारी भएपछि पद्मा अर्यालको जिल्लामा दीपावली


स्याङ्जा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले नेपालका लिम्पियाधुरालगायत भूभाग समेटेर नयाँ नक्शा जारी गर्ने निर्णय गरेकामा खुशी हुँदै जिल्ला सदरमुकाममा दीपावली गरेको छ ।

नेकपा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेले विज्ञप्ति निकालेर पार्टीका कार्यकर्ताका साथै सम्पुर्ण जिल्लाबासीलाई यस खुशीयालीमा दीपावली गर्न आग्रह गरेको थियो ।

जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अतिक्रमित नेपालको भूमि समेटेर नयाँ नक्शा प्रकाशन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेसँग नक्शा प्रकाशन गर्ने निर्णय गरिएको थियो । नयाँ नक्शा प्रकाशन गर्ने सरकारको निर्णयको स्वागत गर्दै जिल्लामा सर्वसाधारण जनताले समेत दीपावली गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement