१६ केजी पहेंलो धातु सहित एक पक्राउ


गोरखा – लुकाई छिपाई राखेको सुन जस्तो देखिने पहेंलो धातु सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धार्चे गाउँपालिका ३ स्थित जंगलमा लुकाई राखेको १६ केजी पहेंलो धातु सहित धार्चे गाउँपालिका १ हुलचुक यरुबगर बस्ने ४० वर्षीय धन कमल गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

अवैध सुन ओसार पसार गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले गुरुङलाई धार्चे गाउँपालिका ३ मा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा रहेका गुरुङसँग सोधपुछ गर्दा निजले चीनको तिब्बतबाट उक्त परिमाणको सुन अवैध रुपमा चोरी निकासी लुकाई राखेको जानकारी दिए पश्चात प्रहरीले उक्त स्थानबाट उक्त धातु बरामद गरेको हो ।

गुरुङलाई थप आवश्यक अनुसन्धानको लागि शुक्रबार राजश्व अनुसन्धान विभाग हरिहर भवन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement