काठमाण्डु– लमजुङमा पहिरोले घर भत्किँदा बाबुछोरीको मृत्यु भएको छ। मध्यनेपाल नगरपालिका वडा नम्बर ७ भाटबेशीमा कुलो भत्किएर बाढीसँगै आएको पहिरोले घर पुर्दा बाबुछोरीको मृत्यु भएको हो ।
घटनामा एकै परिवारका चार जना घाइते भएका थिए। घाइतेमध्ये ५९ वर्षीय टीकाबहादुर विक र उनकी १५ वर्षीया छोरी बिनिता विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
गम्भीर घाइते आमा सुक कुमारी विक र अर्की छोरी अस्मिता विकको पोखरा स्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
विक परिवार विष्णु दत्त सुवेदीको दुईतले घरमा बस्दै आएका थिए।




प्रतिक्रिया