काठमाण्डु– केहि दिनदेखि परेको वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध बनेका छन्। बाढी–पहिरोले कोशी, बागमती र गण्डकीका ३ स्थानको सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।
नेपाल प्रहरीका अनुसार संखुवासभामा कोशी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग र लमजुङमा मध्यपहाडी राजमार्ग यतिबेला पूर्णरूपमा अवरुद्ध छ।
त्यसतै मध्यपहाडी राजमार्गमा पर्ने भोजपुर खण्ड, म्याग्दीको बेनी–जोमसोम सडक र पूर्वपश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको शिवनगरमा एकतर्फी गाडीहरू चलेका छन्।





प्रतिक्रिया