काठमाण्डु – जाजरकोटमा भुकम्पपीडितका टहरामा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा सोमबार बिहान पहिरोमा परी नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियारको मृत्यु भएको नलगाढ नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।
भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका उनीहरूको मृत्यु भएको नलगाड गरपालिकाका प्रमुख रावतले बताए ।
इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र पहिरो गएको स्थान नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै रहेको नगरप्रमुख रावतले बताए ।
प्रतिक्रिया