काठमाण्डु–नागढुंगामा पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको छ ।
ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेकाले यातायात सञ्चालन ठप्प भएका छन् ।
उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको छ ।
पहिरो झर्ने क्रम नराेकिएकाेले पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
राजमार्ग बन्द भएकाले यात्रुहरु मर्कामा परेका छन् ।
प्रतिक्रिया