३ वटा सडक एकतर्फी सञ्चालनमा आउँदा दुई सडक पूर्ण रुपमा अवरुद्ध

३ वटा सडक एकतर्फी सञ्चालनमा आउँदा दुई सडक पूर्ण रुपमा अवरुद्ध

file photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–  गए रातिदेखि निरन्तर परेको वर्षाका कारण अवरुद्ध रहेका ३ वटा सडक एकतर्फी सञ्चालनमा आएका छन् । 

पृथ्वी लोकमार्ग, अरनिको राजमार्ग र पूर्व पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएका हुन् । 

पृथ्वी लोकमार्ग अन्तरतग धादिङको कृष्णभिरमा पहिरो खसेको थियो भने अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको कोप्लाङमा अविरल वर्षाका कारण सडक अवरुद्ध बनेको थियो । 

यस्तै पूर्व पश्चिम राजमार्ग  अन्तरगत पूर्व नवलपरासीको विनयी खोलामा बाढी आउँदा सडक अवरुद्ध बनेको थियो । 

यता ललितपुरको कान्ति लोकपथ र पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्व नवलपरासीको चौसठ्ठी क्षेत्रको सडक भने पूर्ण रुपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।