काठमाण्डु– अविरल बर्षापछि आएको पहिरोका कारण विभिन्न ५ वटा सडक अवरुद्ध बनेका छन् ।
पहिरोका कारण सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग, डोल्पास्थित भेरी करिडोर र दार्चुलास्थित गोकुलेश्वर–गलंगा हाइवे सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध बनेको नेपाल प्रहरीले जनाएको छ ।
यसैगरी धनकुटास्थित रवि राके भेडेटार सडक, गुल्मीस्थित कालीगण्डकी करिडोर र जुम्लास्थिति जुम्ला–मुगु सडकखण्ड एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
ति सडकमा गत असार १,२ र ३ गते पहिरो खसेको थियो । अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले सूचना जारी गरेर जानकारि दिएको छ ।

प्रतिक्रिया