काठमाण्डु – अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार सडक खण्ड अवरुद्ध भएको छ ।
चन्द्रकोट गाउँपालिका –८ र मुसिकोट नगरपािलका –५ को सिमाना नजिकै तल्लो फाँटमा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
सडक अबरुद्ध हुँदा वामीटक्सारबाट रिडी हुँदै पाल्पा र बुटवलसम्म जाने गाडीहरु बीच बाटोमा रोकिएका छन । यो सडक जिल्लामा सबैभन्दा धेरै गाडी चल्ने सडकअन्तर्गत पर्छ ।
यस्तै वर्षासँगैको पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र खाँडाचक्र नगरपालिका–१ को जिरो प्वाइन्टमा पहिरो खसेर सडक अवरुद्ध हो ।
सडक खुलाउने काम भइरहेको कालिकोट प्रहरीले जनाएको छ । सडक सफा गर्न डोजर प्रयोग गरिएको छ ।
प्रतिक्रिया