उत्तराखण्ड पहिरोमा बेपत्ता भएका नेपालीको खोजीका लागि परराष्ट्रलाई गृह मन्त्रालयको पत्र


काठमाण्डु – गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

गृहले स्थानीय ‘हिलवाणी’ न्युज पोर्टलले केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको बाढी पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको समाचारलाई उद्धृत गर्दै समन्वयका लागि पत्राचार गरेको हो ।

घटनामा ४ जनाको शव भेटिएको र १५ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेपत्ता रहेकामा १३ नेपाली, तीन स्थानीय र बाँकी भारतको अन्य राज्यका भएको उत्तराखण्डको अनलाइन हिलवाणी न्युजले बताएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement