यस्तो जेलमा १० बर्ष बस्नेछन् पुर्व पाकिस्तानी प्रधानमन्त्री शरिफ


एजेन्सी – पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियम बेलायतबाट फर्कदैँ प्रशासनले विमानस्थलबाटै गिरफ्तार गरेर रावलपिण्डीको अडियाला जेलमा हालेको छ ।

नवाज सरिफले त्यहाँ १० वर्ष र छोरी मरियमले सात वर्षको जेल जीवन बिताउनु पर्नेछ । जेल अधिकारीका अनुसार दुबैको स्वास्थ्य परिक्षण गरिएको थियो । त्यसपछि दुईलाई अलगअलग ठाउँमा राखिएको छ ।अधिकारीका अनुसार दुबैले कैदिले जस्तै कपडा लगाउनुपर्नेे छ । जेलमा सुरक्षा संयन्त्रलाई बलियो बनाइएको छ ।

जेल कानुन अनुसार जेल अधिकारीले हरेक कैदिलाई कुनै न कुनै काम लगाउनुपर्ने बाध्यता रहेको छ । जसअनुसार बगैँचामा फूलबारी गोड्ने, कैदिलाई पढाउने, भान्साकोठा सरसफाई गर्ने र अवस्था हेरेर जुनसकुै काम गर्नुपर्ने हुन्छ । कैदीलाई कुनै पनि बिदाको व्यवस्था हुँदैन । राम्रो काम गर्ने कैदीको सजायँ मिनाहा हुँदै जाने व्यवस्था रहेको छ ।

पूर्व प्रधानमन्त्रीको नाताले नवाज सरिफलाई ए दर्जा र छोरी मरियमलाई बी दर्जामा राखिएको छ ।पाकिस्तानमा रहेको ४२ जेलमध्ये पञ्जाब र रावलपिण्डीमा कैदीको दर्जा छुट्याउने प्रवन्ध रहेको छ ।

जेलमा ए, बी, सी दर्जा दिएर कैदीलाई राख्ने गरिएको छ । सी दर्जामा ज्यान मार्ने, चोरी, डकैती, लडाईँ झगडामा सजायँ सुनाइएका व्यक्ति राखिन्छ ।बी दर्जामा ज्यान मार्ने, लडाईँझगडामा संलग्न जो ठूलो खानदानका हुन्छन् उनिहरुलाई राखिन्छ ।ए दर्जामा उच्च सरकारी अधिकारी, मन्त्री र ठूलो रकममा कर तिर्नेलाई राखिन्छ ।

जेल कानुन अनुसार ए दर्जामा दुईवटा कोठा दिइन्छ । कैदीका लागि एअरकन्डिसन, फ्रिज, टेलिभिजनको व्यवस्था हुन्छ । आफैले खाना पकाएर खाने व्यवस्था पनि हुन्छ । काम सघाउनका लागि दुई जना सहयोगी कैदी पनि दिने गरेको पाइन्छ । बी दर्जाका कैदीलाई एउटा कोठा र सहयोगी कैदी दिने व्यवस्था रहेको छ ।
बीबीसीबाट

प्रतिक्रिया दिनुहोस
Advertisement